
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ गाडी एनआरजी नेपाली बजारमा ल्याएको छ ।
उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहकहरु तर्फ लक्षित रहेको कम्पनीले जनाएको छ ।
‘अर्बन टफरोडर’ को रुपमा प्रस्तुत गरिएको यसको स्वरुप विशेष खालको रहेको छ र यसको बाहिरी बनोट बलियो र ग्राउण्ड क्लेरेन्स उच्च रहेको कम्पनीको दावी छ ।
कम्पनीका अनुसार सेफ्टिको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टि रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृावाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ ।
टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले नेपालमा सार्वजनिक गरिएको नयाँ एनआरजी टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन भएको बताए । ह्याच ब्याक मोडेलमा पनि एसयूभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी हुने उनको भनाइ छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने उनको विश्वास थियो ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारका लागि नयाँ र विशेष गाडी भएको बताए । यो गाडीमा पुस स्टार्ट बटन, रिएर पार्किङ क्यामेरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4