+
+

चितुवाको छालासहित गुल्मीबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते २०:११

१३ असोज, गुल्मी । चितुवाको छालासहित प्रहरीले गुल्मीमा २ जनालाई पक्राउ गरेको छ । छत्रकोट गाउँपालिका–२ भेडुवाका २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरिबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

छत्रकोट–३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो । चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्युरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको डीएसपी पाण्डेले बताए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय रिडीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?