+
+

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी छोडे

एमालेमा प्रवेश गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १०:२०

१४ असोज, काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् ।

लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । विधान महाधिवेशनको अन्तिम दिन (असोज १७ गते) उनी एमाले प्रवेश गर्ने स्रोतले बतायो ।

एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?