+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी छोडे

एमालेमा प्रवेश गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १०:२०

१४ असोज, काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् ।

लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । विधान महाधिवेशनको अन्तिम दिन (असोज १७ गते) उनी एमाले प्रवेश गर्ने स्रोतले बतायो ।

एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?