+
+

‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते २०:१४

मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ।

डिजिटल मिडिया सम्बन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञ व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ।

‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियाका विज्ञ व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवम् समग्र नेपाली मिडिया उद्योगलाई टेवा पुर्याउनु भएको कम्पनीले बताएको छ।

म्याक्स मिडिया डिजिटल गुरु चुनौती परीक्षण गर्ने लक्ष्यसहित पहिलोपटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो, जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्बन्धी सबल प्रस्तुती राख्नेछन्।

यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने कम्पनीको अपेक्षा  छ।

सीमित घेराभन्दा बाहिर निस्किएर सिक्न र आफ्नो क्षमताबाहिर ल्याउन यो एउटा त्यस्तो अवसर हो, जसले पाँच लाख रुपैयाँसम्म पुरस्कार समेत प्राप्त गर्ने  कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?