+
+

जनहितका योजना अघि बढाउन आवश्यक : राष्ट्रपति भण्डारी

रासस रासस
२०७८ असोज १५ गते १४:२६
फाइल तस्वीर

१५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् । ‘जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउनुपर्छ,’ उनले भनिन् ।

दुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘सङ्क्रमण अन्त्य भई नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपील र आह्वान गर्छु ।’

जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासंघले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिइन् ।

कार्यक्रममा उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासंघलाई ओझेलमा पारेको गुनासो गरे । जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुगमन गर्ने निकायका रुपमा स्थापित गर्न आवश्यक रहेको उनको तर्क छ ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले संघ र प्रदेश सरकारको तुलनामा जनताका हितका खातिर स्थानीय तहले न्याय निरुपण, बजेट तर्जुमा,  विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको दाबी गरे ।

यसैगरी गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले महासंघको जगका रुपमा रहेका स्थानीय तहले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानूनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?