+
+
Shares

खेलाडी नवीनको परिवारलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १५:५८

१५ असोज, काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्वफुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा-आमा दुवै क्यान्सर रोगबाट पीडित छन्।

कोषका सदस्य-सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । २०६५ सालमा कोष स्थापना भएपनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो ।

हाल कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको श्रेष्ठले जानकारी गराए।

विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबै भन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो। त्यसबेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रुपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?