
१५ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भयो भन्नु सकारात्मक भएको बताएका छन् ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भएको उल्लेख छ । यो सकारात्मक भएको भन्दै उपमहासचिव भुसालले अनलाइनखबरसँग भने, ‘नवौं महाधिवेशनमा असहमत रहेका कमरेडहरुले त्यो कार्यदिशालाई समर्थन गर्नु भएको छ । अब राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने कार्यदिशा पार्टीमा सबै पक्षको कार्यदिशा भएको छ ।’
यद्यपि यो विधान महाधिवेशनमा पनि पार्टीको ठोस कार्यक्रम तयार पार्न नसकेको उनले बताए । उपमहासचिव भुसाल भन्छन्, ‘कार्यक्रमले पार्टीका सम्पूर्ण काम र त्यसमा नेता कार्यकर्ताको मूल्यांकन गर्ने आधार दिन्थ्यो । त्यो नहुँदा समृद्धि र समाजवाद नारा, चर्चा, छलफल र भाषणमा मात्र सिमित हुन्छ ।’
प्रतिक्रिया 4