+
+

मोरङका ६ पालिकामा कांग्रेसको नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १८:४२

१६ असोज, विराटनगर । मोरङका ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । शनिबार मतदान भएका १६ मध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

काङ्ग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका र बेलबारी र सुनबर्सी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

बेलबारी नगर सभापतिमा शम्भु भट्टराईलाई पराजित गर्दै छत्र लिम्बु विजयी भएका छन् । लिम्बुले १ सय ३६ र भट्टराईले ९४ मत प्राप्त गरे ।

कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । दाहालले ७३ र सभापतिका उम्मेदवार दीपक चौलागाईले ७१ मत प्राप्त गरे ।

कटहरी गाउँपालिका सभापतिमा हरिनारायण माझीलाई पराजित गर्दै रामकुमार कामत विजयी भएका छन् । कामतले ८४, माझीले ४४ र शम्भु साहले ४ मत पाए ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । राईले १३४ र अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे ।

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे बिजयी भएका छन् । पाण्डेले ८३ मत र बासुदेव रायले ३७ मत प्राप्त गरेको नेपाली काङ्ग्रेस मोरङका सचिव घिमिरेले बताए ।

सुनबर्सी नगरपालिका सभापतिमा महेश्वर राजवंशी र बैजनाथ झालाई पराजित गर्दै कमलकिशोर सिंह निर्वाचित भएका छन् । सिंहले १०५, राजवंशीले ८९ र झाले ८ म प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?