+
+

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:४१
फाइल तस्वीर

१७ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ ।  केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको छ ।

केन्द्रले ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिँदै केन्द्रले विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जनाएको छ ।

केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० (साठी) वर्ष हुने र सोको निर्देशन सबै क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा दिनू भन्ने मिति २०६९ मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?