+
+

अमेरिकामा गर्भपतनको अधिकार पाउनुपर्ने माग गर्दै हजारौंको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:१४

१७ असोज, काठमाडौं । गर्भपतनको अधिकारको पक्षमा अमेरिकाभर हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा गर्भपतनविरुद्ध कडा कानुन बनिरहेको समयमा मानिसहरुले गर्भपतनको पक्षमा प्रदर्शन गरेका हुन् ।

पछिल्लो पटक टेक्सासमा गर्भपतनविरुद्ध कडा कानुन ल्याइएको छ । प्रदर्शनकारीहरुले भविष्यमा गर्भपतनको अधिकार खोसिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अबको केही महिनामा अमेरिकाको सर्वोच्च अदालतमा यो मुद्दामा सुनुवाई हुनेछ । अदालतले सन् १९७३ मा अमेरिकामा दिइएको गर्भपतनको कानुनी अधिकार खोसिने चिन्ता प्रदर्शनकारीहरुले गरेका छन् ।

अमेरिकाको राजधानी सहर वासिङटन डीसीमा प्रदर्शनकारीहरुले गर्भपतनलाई कानुनी बनाउन माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी महिलाले गर्भपतन गर्ने वा नगर्ने भनेर छान्ने अधिकार पाउनुपर्ने बताएका छन् ।

यद्यपि अमेरिकामा गर्भपतनविरुद्धको कानुनमा रहेका मानिसहरुले भने निर्दोष बच्चाको जीवन प्रदर्शनकारीको हातमा रहेको भन्दै उनीहरुलाई संवेदनशील बन्न आग्रह गरिरहेका छन् ।

अमेरिकाको टेक्सासमा अधिकारीकर्मीहरुले गर्भपतनको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका थिए । तर, गर्भपतनविरुद्धको फैसला ५–४ ले पारित भएको थियो । डिसेम्बर १ मा मिसिसिपीमा पनि गर्भपतनको अधिकारबारेको मुद्दामा सुनुवाई हुँदैछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?