+
+
Shares

मेयर कल्याणकारी कोषबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:२८

१८ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

मुस्कानलाई शल्यक्रियाको लागि रकम आवश्यक परेको जानकारी पाएपछि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको नगर प्रमुख सरावगीले बताए ।

नगर प्रमुख सरावगीले महानगरपालिकाबाट लिँदै आएको सेवा सुविधा मेयर कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् । र विभिन्न सामाजिक काममा खर्च गर्ने गरेका छन् ।

कल्याणकारी कोषको रकमबाट हाकिम अन्सारीलाई विवाह खर्च वापत १० हजार , कुलसुम खातुनलाई उत्कृष्ट खेलाडीको रुपमा प्रोत्साहन वापत २५ हजार, मुस्ताक मियाँलाई विवाह खर्च वापत २५ हजार, प्रम्शिला देवी कुम्हाललाई ३० हजार रुपैयाँ प्रदान गरिसकिएको नगर प्रमुख सरावगी बताउँछन् ।

जिउँदो सहिदको सन्तानको विवाह खर्चका लागि कुम्हाललाई ३० हजार रुपैयाँ प्रदान गरिएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?