+
+

चिकित्साशास्त्रको नोबेल पुरस्कार जुलियस र पाटापोटियनलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:३६

१८ असोज, काठमाडौं । यस वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको छ । सोमबार नोबेल एसेम्बलीले स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएकोमा उनीहरुलाई नाबेल पुरस्कार दिने घोषणा गरेको हो ।

‘मानिसको तातो, चिसो र स्पर्श थाहा पाउने क्षमता जीवनयापनको लागि निकै महत्वपूर्ण छ । हामीले दैनिक जीवनमा यसलाई हल्कारुपमा लिन्छौं तर हाम्रो स्नायु प्रणालीले तापक्रम र दबाब थाहा पाउने काम कसरी सुरु गर्छ त ? यो प्रश्नको उत्तर यस वर्षको नोबेल पुरस्कार विजेताले दिएका छन्’, नोबेल एसेम्बलीले भनेको छ ।

डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् । उनीहरुको अहिले पत्ता लगाएको खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्छ । नोबेल पुरस्कारको घोषणा स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा सोमबार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?