+
+

नयाँ दिल्लीमा अब दैनिक दुई उडान, अन्य कुन मुलुकमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १८:१६

१८ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर महिनामा तोकिएको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब नेपाल र भारतको राजधानी जोड्ने उडानको संख्या दैनिक दुई अर्थात सातामा १४ पुगेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एक र भारतीय कम्पनी एयर इण्डियाले एक गरी दैनिक दुई जहाजले यो रुटमा उडान गर्नेछन् । यसअघि अघिल्लो महिना सेप्टेम्बरमा यो रुटमा साताको १० उडान मात्र स्वीकृत थियो । जसमा नेपाल एयरलाइन्सले सातामा सात र एयर इण्डियाले तीन मात्र उडानको अनुमति पाएको थियो । यो महिना भने दुवै वायुसेवाले दैनिक उडान गर्ने भएका छन् ।

नयाँ तालिका अनुसार यूएईको सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबियाले दैनिक तीन वटा उडानको अनुमति पाएको छ । यो मुलुकको आबुधावी विमानस्थलबाट भने एयर अरेबियाले दैनिक एक उडान गर्ने भएको छ । फ्लाइ दुबईले समेत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्नेछ । दुबईमा हिमालय एयरलाइन्सले दैनिक एक र नेपाल एयरलाइन्सले समेत एक उडान गर्ने भएका छन् ।

कतार एयरवेजले दोहाबाट दैनिक ३ वटा उडान गर्नेछ । दोहामा नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । हिमालय एयरलाइन्सले समेत दोहामा दैनिक एक उडान गर्नेछ । मलेसियाको क्वालालाम्पुरबाट मलेसिया एयरलाइन्सले सातामा दुई शुक्रबार र शनिबार उडान गर्नेछ । यो विमानस्थलमा नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ । हिमालय एयरलाइन्सले भने सोमबार बाहेक साताको ६ उडान गर्नेछ । जजिरा एयरवेजले कुवेतबाट काठमाडौंका लागि दैनिक उडान गर्नेछ ।

सलाम एयरले ओमानबाट साताको तीन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं उडान गर्नेछ । टर्किस एयरलाइन्सले सोमबार, मंगलबार, बिहीबार र शनिबार गरी चार उडान गर्नेछ । सिंगापुर एयरले सातामा आइतबार, बुधबार र शुक्रबार गरी तीन उडान गर्नेछ । श्रीलंकन एयरको जहाज कोलम्बोबाट सोमबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन काठमाडौं आउने छ । नेपाल एयरलाइन्सले थाइल्याण्डको बैंककमा हरेक शुक्रबार एक उडान गर्नेछ । हङकङमा भने नेपाल एयरलाइन्सको हरेक बिहीबार एक उडान हुनेछ ।

हेर्नुहोस् उडान तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?