+
+

भारत लैजान लागिएको ७० लिटर डिजेलसहित ट्याक्टर बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १८:२१

१८ असोज, वीरगञ्ज । प्रहरीले पर्साबाट डिजेल चोरी निकासी गर्न प्रयोग गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । लुकाएर राखिएको ७० लिटर डिजेलसहित ना ३ त २५६६ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

जानकीटोलको बाटो हुँदै अवैध रूपमा डिजेल चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा चालक ट्याक्टर छाडेर भागेको उनले बताए । ७० लिटर डिजेलसहितको उक्त ट्याक्टर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यायमा बुझाइएको प्रहरीले जनाएको छ ।

डिजेलसहित ट्याक्टरको मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ मूल्यांकन गरिएको डीएसपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?