+
+

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १०:१३

१९ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको ९एनएएनएफ कल साइन भएको क्यु४००-८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?