१९ असोज, काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।
अब बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिबाट स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4