+
+

आइईएमआइएसमा विवरण अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १२:३५

१९ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ ।

केन्द्रले सबै विद्यालयलाई आइईएमआइएस अद्यावधिक गर्न पटक पटक सूचित गर्दै आए पनि विद्यालयले अद्यावधिक नगरेपछि विद्यालयको नामावली सार्वजनिक गरेको हो ।

केन्द्रमा विद्यालयले विवरण पठाउन नसकेकाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई निर्देशनसमेत दिइएको छ । साथै निर्धारित समयभित्र विवरण अद्यावधिक नगर्ने विद्यालयहरुको विवरण योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न नसकिने र यसबाट विद्यालयले प्राप्त गर्ने अनुदान वा सुविधाबाट विद्यालय र छात्रवृत्तिलगायतका सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुन गएको अवस्थामा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने चेतावनी सूचनामा दिइएको छ ।

आवश्यक समन्वय एवम् सहजीकरण गर्न केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?