+
+

अपहरण तथा शरीर बन्धक कसूरका दुई अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १३:०४

१९ असोज, काठमाडौं। महानगरीय अपराध महाशाखाले अपहरण तथा शरीर बन्धक कसूरका अभियुक्तहरुलाई पक्रानउ गरेको छ ।

पक्राउ पर्नेमा मध्‍यपुर ठिमी नगरपालिका-६का ३७ वर्षीय धिरोज श्रेष्ठ र चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाल रहेकी छिन् ।

उनीहरुले २०७८ असोज १५ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका-३, थानकोटमा डेरा गरी बस्‍ने निरमान बम्जनको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाइ अपहरण गरी बन्धक बनाएको महानगरीय अपराध महाशाखाको आरोप छ ।

महाशाखाबाट खटिएको अनुसन्धानको टोलीले २०७८ असोज १७ गते पीडित बोम्जनको श्रीमतीलाई चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित रसिला अवालेको घरबाट उद्धार गरेको छ ।

उक्त घटनामा संलग्‍न श्रेष्ठ र अवालेलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट आजै पाँच दिनको म्‍याद थपेर थप आवश्‍यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकूमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?