+
+

पर्सिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १४:५७
सत्तारुढ गठबन्धनको बैठकको फाइल तस्वीर ।

१९ असोज, काठमाडौं । पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् ।

मंगलबार विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

नेताहरुका अनुसार शीर्ष नेताहरु सहमतिनजिक पुगेका छन् । ‘आजै साँझसम्म वा भोलि फेरि बैठक बस्छौं र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ’ एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?