+
+

थप ९६८ जनामा कोरोना संक्रमण, १,११४ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १६:५८

१९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १८० पुगेको छ भने ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेका छन् । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १२२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३७ जना क्वारेन्टीनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१ सय जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २३१, झापामा ६९, मोरङमा ६३, ललितपुर र रुपन्देहीमा ४१/४१ जना, चितवन र भक्तपुरमा ३०/३० जना, रुसुवामा २४, सुनसरीमा १९, बागलुङ र बाँकेमा १६/१६ जना, कास्कीमा ११ तथा नुवाकोट र मकवानपुरमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?