
प्रतीकात्मक तस्वीर
१९ असोज, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पिपरा रजवाडास्थित बागमती घाटमा आफ्ना छिमेकीको मलामी गएका बैठा नदीमा नुहाउन पसेका थिए । केही दिनदेखि भएको वर्षाका कारण बागमतीमा पानीको बहाव उच्च छ ।
नुहाउन पसेको बेला पानीको भेलमा परेका बैठाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4