+
+

ऐश्वर्या रानी सिंहलाई केयूको ‘चान्सलर स्वर्ण पदक’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १८:१२

१९ असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थी ऐश्वर्या रानी सिंहलाई ‘चान्सलर स्वर्ण पदक’ प्रदान गरेको छ ।

स्कुल अफ आर्टस अन्तर्गतको डिपार्टमेन्ट अफ डेभलप्मेन्ट स्टडिजको मास्टर इन डेभलप्मेन्ट स्टडिजकी उत्कृष्ट विद्यार्थी सिंहलाई पदक प्रदान गरेको विश्वविद्यालयले जानकारी दिएको छ ।

सिंहले मास्टर इन डेभलप्मेन्ट स्टडिजका सबै विषयमा ४ जीपीए ल्याएर उत्कृष्ट भएको  विश्वविद्यालयका रजिष्ट्रार डा. सुवोध शर्माले बताए । हरेक वर्ष दीक्षान्त समारोहमा प्रदान गरिने पदक गत वर्ष कोभिडका कारण सबै संकायको फरकफरक समयमा नतिजा प्रकाशन भएकोले मंगलबार पदक प्रदान गरिएको हो ।

सिंहलाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा एक कार्यक्रमका बीच पदक प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?