

१९ असोज, काठमाडौं । विभागीय फुटबल टिम त्रिभुवन आर्मी क्लबले यू-१३ फुटबल युथ एकेडेमी सञ्चालनमा ल्याएको छ । मंगलबार यू-१३ खेलाडीहरुलाई खेल खेलाउँदै प्रधानसेनापति प्रभुराम शर्माले एकेडेमीको औपचारिक शुरुवात भएको घोषणा गरे ।
युथ एकेडेमी संचालनका लागि २०७७ माघ १८ गते आर्मी क्लब, एन्फा र सैनिक आवासीइ महाविद्यालयबीच सम्झौता भएको थियो । प्रधानसेनापति शर्माले युथ एकेडेमी सञ्चालनले नेपाली फुटबल विकासका लागि सहयोग पुग्ने हुने विश्वास व्यक्त गरे ।
आर्मी एकेडेमीमा अहिले २५ खेलाडी छन् । जसमध्ये १४ खेलाडी एन्फाले देशभरबाट छनोट गरेका खेलाडी हुन् । यसमा ७ खेलाडीहरुलाई सैनिक महाविद्यालयमा पूर्ण स्कलरसिप र बाँकी ७ जनालाई मासिक रुपमा शुल्क लाग्ने र उनीहरुको अभिभावकले बेहोर्नेछन् । यस्तै खेलाडी उत्पादन गर्ने मुख्य स्रोतको रुपमा लिइएको एकेडेमीलाई पूर्णता दिन आर्मीले देशभरका विभिन्न सैनिक विद्यालयबाट १५० खेलाडीलाई एकीकृत गरी खेलाडी छनोट गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित