+
पीएम कप क्रिकेट :

भीम, विनोद र तृतको अर्धशतकमा आर्मीको सहज जित

२०८२ चैत  १२ गते १५:५३ २०८२ चैत १२ गते १५:५३
भीम, विनोद र तृतको अर्धशतकमा आर्मीको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा गण्डकीलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ।
  • आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर २१० रनको लक्ष्य पूरा गरेको थियो।
  • गण्डकीले ४९ ओभरमा ४ बलमा २०९ रन बनाएको थियो, अर्जुन कुमालले ६७ र दीपक डुम्रेले ५१ रन बनाए।

१२ चैत, काठमाडौं । भीम सार्की, कप्तान विनोद भण्डारी र तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकीमाथि ७ विकेटको सहज जित हासिल गरेको हो । गण्डकीले दिएको २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

भीमले अविजित ५४ रन बनाए । त्यसअघि ओपनरद्वय तृतराज दासले ५१ र विनोद भण्डारीले ५८ रन बनाएर आउट भए । यी दुई मिलेर पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

गण्डकीका सुवास भण्डारीले २ विकेट लिँदा कप्तान बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले अर्जुन कुमाल र दीपक डुम्रेको अर्धशतक मद्दतमा ४९ ओभरमा ४ बलमा अलआउट भएर २०९ रन बनाएको थियो ।

अर्जुनले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ६७ रन बनाए । दीपकले ५१ रन बनाए ।

आर्मीका आकाश चन्द र शाहब आलमले ३-३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए ।

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

गण्डकी प्रदेश क्रिकेट त्रिभुवन आर्मी क्लब पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय