+
+

बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार, २० लाख आवेदकले नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १५:१०

२० असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट गर्ने कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । तर आवेदन दिएका अधिकांशको रित्तो हात हुनेछ ।

यो आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?