+
+

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १५:१९

२० असोज, काठमाडौं। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।

पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो । उनीहरुमाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए ।

बुधबारदेखि अदालतमा दशैं विदा शुरु भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा दशैं विदा हुने भए पनि यस बीचमा बन्दी प्रत्यक्षीकरण रिट भने सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?