+
+

तस्कर समूहबाट मारिएका प्रहरीलाई मरणोपरान्त सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १७:५२

२० असोज, धनगढी । धनगढीमा तस्करको समूहबाट मारिएका दुई जना प्रहरीलाई मरणोपरान्त नगदरसहित सम्मान गरिएको छ ।

६६ औँ प्रहरी दिवसको अवसरमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदलाई मरणोपरान्त नगदसहित सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजना गरिएको औपचारिक समारोहकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मरणोपरान्त सम्मान गरिएका प्रहरीद्वय बिक र साउदका श्रीमतीलाई कदर पत्र र नगदसहित सम्मान व्यक्त गरिन् ।

पूजा र खिमालाई सुदूररपश्चिम प्रदेश प्रहरी संघले पनि सम्मान गरेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले दुवैलाई सम्मान स्वरुप जनही २१ हजार एक सय ५५ रुपैयाँ प्रदान गरेको जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद गत कात्तिक ३ गते राति तस्करी नियन्त्रणका लागि खटिएका बेला तस्कर समूहले विभत्स हत्या गरेर शव मोहना नदीमा फालेको थियो ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केराउ व्यापारी धरौटीमा छुटेका छन् । उक्त मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?