+
+

मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्वास मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १९:४७

२० असोज, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

विश्वासको मत पाउने दावी

बागमती प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने दाबी गरेका छन् । ‘गठबन्धन आन्तरिक किचलोमा रहेकोले हामीलाई गठबन्धनका प्रदेश सभा सदस्यहरुले पनि मत दिन्छन्’ उनले भने ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् । यो सरकार गठन गर्न आवश्यक बहुमत हो ।

गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?