
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय, सानेपामा धर्ना बसेका रामगोविन्द यादवलाई प्रहरीले बलपूर्वक अस्पताल लगेको छ ।
क्रियाशील सदस्यतालाई लिएर ७ दिनदेखि अनसनमा बसेका उनको अवस्था गम्भीर भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले बुधबार मात्र पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । लगतै प्रहरीले यादवलाई उठाएर अस्पताल लगेको सर्लाहीका पूर्व जिल्ला सभापति लक्षण राय यादवले जानकारी दिए ।
‘प्रहरीले हस्पिटल लैजान्छु भनेर उठायो तर, कुन अस्पताल लगियो भनेर हामीलाई जानकारी भएन,’ उनले भने ।
सर्लाही ४ का रामगोविन्द यसअघि ९ दिन अनसन बसेका थिए । सहमहामन्त्री प्रकाशशरण महतले माग सम्बोधन गर्ने आश्वासन लिएपछि उनले अनसन तोडेका थिए । तर आफूहरुसँग भएको सहमति विपरित क्रियाशील सदस्यता सूचीमा ३१ जना थपिएको भन्दै उनी फेरि अनसनमा बसेका थिए र
प्रतिक्रिया 4