+
+

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ११:४३
नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी हाम फालेको घर।

२१ असोज, काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन ।

पारिवारिक स्रोतका अनुसार मर्निङ वाकका लागि निस्किएका उनी मृत भेटिएको भन्दै प्रहरीले बिहान खबर गरेको थियो । प्रहरीले परिवारलाई दिएको विवरणअनुसार बेसिस अग्रवालको घरको तल टाउको फुटेको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रहरीले नजिकै रहेको विजय स्टोरको सीसी टीभी क्यामरामा उनी ६ः१९ बजे एक्लै घरमा चढेको देखिएको बताएको छ । माथि चढ्दै गरेको सीसी टीभी क्यामरामा देखिएको र ७ः१० बजेमा माथिबाट खसेको पनि दृश्य कैद भएको प्रहरीले भनेको छ ।

प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।

उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?