
२१ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ ।
जोशी, एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको उनको दाबी छ । उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4