+
+

रचनाले मिलाउन नसकेको समय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १२:२१

कुनै पनि कार्यक्रममा ढिलो गरि पुग्ने वा आउँछु भनेर आउँदै नआउने रोग नेपाली कलाकारहरुको पुरानै हो । केही दिन अगाडि मिडियाकर्मीलाई करिब ४ घन्टा कुराएर नायक तथा मोडल पल शाह मिडिया भेटघाटमा पुगेका थिएनन् । पछि, उनी आफू निकट केही पत्रकारलाई मात्र अन्तरवार्ता दिन ढिलो गरी कार्यक्रममा पुगेको चर्चा सेलाएको छैन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बुधबार आयोजित एक कार्यक्रममा मिडियासँग कुरै गर्दिनँ भनेर हिडेकी थिइन् ।

बुधबार नै ‘खुशी बाँडे बढ्छ खुशी’ बोलको दशैं तिहार गीत सार्वजनिक कार्यक्रममा गायिका रचना रिमाल पनि ढिलो पुगिन् । यो गीतकी गायिका रचना कार्यक्रम सकिनै लाग्दा पुगेकी थिइन् । उनले ढिलो आएको भन्दै माफी मागिन् ।

रचनाले मिडियाकर्मी तथा आयोजकसँग माफी माग्दै भनिन्–‘मंगलबार स्थगित भएको गीत रेकर्डिङ आज गरेर आउनुपर्ने थियो । सोही कारण ढिला भयो । के गर्नु सबैलाई चित्त बुझाउनु नै पर्यो । यहाँ नआएको भए हजुरहरु खुशी हुनुहुदैनथ्यो । आए, खुशी हुनुहुन्छ । धन्न कार्यक्रम सकिएनछ ।’

केही महिना अगाडि रचनाले आफूले स्वर भरेको एक तीजको गीतमा मोडलिङ पनि गरेकी थिइन् । सो गीतको भिडियोको छायांकनमा पनि रचनाले गीत रेकर्डिङ छ भन्दै हतार–हतार काम गरेर हिडेकी थिइन् । रचनासँग सो समयमा मिडियासँग कुरा गर्ने फुर्सद समेत थिएन ।

कुनै पनि भिडियोको छायांकन होस् या पत्रकार सम्मेलन नै किन नहोस् । रचनाले आफ्नो गीत रेकर्डिङको लागि समेत समय दिदा उनी कार्यक्रममा ढिलो पुग्ने र चाडै बाहिरिनुपर्ने अवस्था आएको देख्न सकिन्छ । रचना र महेन्द्रराज बरालको स्वर रहेको ‘खुशी बाँडे बढ्छ खुशी’ मा प्रकाश सपूत, गरिमा शर्मा लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?