+
+

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १२:२४

२१ असोज, गुल्मी । गुल्मी जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

जिल्लाका बढी यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्हरी कार्यालय गुल्मीले जनाएको छ।

दशैं र तिहारमा स्वदेश तथा परदेशबाट आउनेहरु यात्रु र यातयातको चापलाई व्यवस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद आचार्यले बताए।

सहायता कक्षमा यात्रुहरुको समस्याहरु समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिएको छ। सहायता कक्षबाट यात्रुबाट आउने समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको छ ।

चाडपर्वको बेला यात्रुले गाडी नपाउने, भाडा सवारीधनीले दोब्बर असुल्लने, क्षमताभन्दा बढि लिने समस्या बढि हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?