+
+

कांग्रेस अधिवेशन : गुल्मीका १२ पालिकामध्ये १० वटामा सर्वसम्मत नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १५:१४

२१ असोज, गुल्मी । नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशन अन्र्तगत स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहमध्ये २ वटामा निर्वाचन मार्फत र १० वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

बुधबारसम्म चलेको अधिवेशनबाट मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस निर्वाचन मार्फत सभापतिमा चयन भएका छन् ।

रेसुङ्गा नगरपालिकाको सभापतिमा जयश्वर पन्थी, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल र इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धातान्नद भुसाल चयन भएका छन् । रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल, सत्यवती गाउँपालिकाको सभापतिमा विष्णु भण्डारी र चन्द्रकोट गाउँपलिकाको सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?