+
+

प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १९:३०
एकीकृत समाजवादीका नेता राजेन्द्र राई र राजेन्द्र पाण्डे ।

२१ असोज, काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए । अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए ।

तर ९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।

नेताहरुका अनुसार प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने पूर्व सहमति थियो । बिहीबार त्यसलाई निरन्तरता दिने सहमति जुटेपछि कांग्रेस नेताहरुले संसदीय दलका नेता राजीव कोइरालालाई त्यो जानकारी गराएका छन् ।

बागमतीमा भने कांग्रेसले आलोपालो गर्ने र सुरुमा आफ्ना संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको थियो । तर एकीकृत समाजवादीका नेताहरु सहमत भएनन् र, पाण्डे नै मुख्यमन्त्री बन्ने भएका छन् । यद्यपि आलोपालो हुनसक्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?