+
+

प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेशसभाबाट पुनः पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १४:३०

२२ असोज, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो ।

तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।

फिर्ता गरिदिएको विधेयक शुक्रबार बसेको प्रदेशसभाको बैठकले पुनः पारित गरेको छ । दुवै विधेयक सर्वसम्मतले पारित भएको हो । यसअघि यो विधेयक २६ असोज २०७७ मा पारित भएको थियो ।

विधेयक पारित गर्ने सम्बन्धी आयोजित छलफलमा भाग लिँदै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का सांसद रामाशिष यादवले तत्कालीन प्रदेश प्रमुख झाले राजा बन्न खोजेर यो विधेयक पारित नगरी फिर्ता पठाएको बताए ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले झा प्रदेश प्रमुख बनेर आउँदा विधेयक पारित नगर्ने मनसाय बनाएकै कारण पारित नगरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?