+
+

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १८:२३

विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।

विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।

शुक्रबार हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले शोका प्रायोजक कम्पनीका प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो शोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ । यस्तै, हाइजिन पार्टनरमा ‘लाइफबोय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आवद्ध छ । यस्तै, यसको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ ।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्‍याउनका लागि यो शो तयार पारेको बताए । शोका निर्देशक पौडेलले बालबालिकाहरुको मनोविज्ञानलाई समेत मध्यनजर राखेर आफूहरुले शो तयार पारेको बताए । उनले आफूहरुको प्रतिस्पर्धा अन्य शोसँग भन्दा पनि दर्शकसँग भएको बताए ।

कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको सुनाए । उनीहरुले बालबालिकालाई आफूहरुले मूल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?