
२२ असोज, काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको कुन्दुज सहरस्थित एक मस्जिदमा शुक्रबार प्रार्थना भइरहेको समयमा आत्मघाती विष्फोट भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार यो विष्फाटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा गरिएको पोष्टमा मस्जिदभित्र विष्फोटपछि छरप्रस्ट लाश र भत्किएको अवशेषहरु देख्न सकिन्छ । यो मस्जिद अफगानिस्तानको अल्पसंख्यक शिया मुस्लिम समुदायले प्रयोग गर्दै आएको थियो ।
अहिलेसम्म यो आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । सुन्नि मुस्लिमको अतिवादी समूह स्थानीय इस्लामिक स्टेट (आईएस)ले पनि सिया समुदायलाई निशाना बनाउँदै आएको छ ।
आईएसको अफगानिस्तानको शाखा आईएस–केले हिंसात्मकरुपमा तालिबानको विरोध गर्दै आएको छ । पछिल्लो केही समयमा यो समूहले तालिबानविरुद्ध केही बम आक्रमण गरेको छ ।
अफगानिस्तानका स्थानीय व्यवसायी जल्माई एलोकजाईले स्थानीय अस्पतालमा विष्फोटपछि अस्तव्यस्त अवस्था देखिएको बताएका छन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा कुन्दुजको मस्जिदमा आत्मघाती विष्फोट भएको र घटनाको जाँचको लागि तालिबानको विशेष दल घटनास्थलमा पठाइएको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4