
गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।
यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।
नायिका मिरुना मगर लामो समयपछि पर्दामा देखिएकी हुन् । उनी, चाडै नै चलचित्र ‘कबड्डी ४’मा पनि काम गर्ने तयारीमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4