+
+

महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १२:५४

२३ असोज, धनगढी । कञ्चनपुरको महाकालीप्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएको बताए ।

श्रेष्ठका अनुसार महलिाको सालसमेत अड्किएको थियो । उनलाई अक्सिजन सपोर्टमा समेत राखिएको तर बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

धामीबाट जन्मिएको शिशुको अवस्थाभने समान्य छ । मृतककाआफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएकाले कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?