+
+

रुपन्देही उद्योग संघमा निर्विरोध नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १४:११

२३ असोज, बुटवल । रुपन्देही उद्योग संघमा अध्यक्षसहित सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको २२ औं अधिवेशनबाट अध्यक्षमा माधव पौडेल, वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरिबहादुर खत्री, कोषाध्यक्षमा हिरामणि भट्टराई र सचिवमा बसन्त ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै महिला सचिवमा मञ्जु भुसाल र सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली, संस्थागत सदस्यमा अशोक कुँवर, महिला सदस्यमा शारदा भट्टराई र मीना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी खुल्ला सदस्यहरुमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल निर्वाचित भएका निर्वाचन समितिका संयोजक यमलाल खनालले बताए ।

यस्तै बुटवल उपमहानगरपालिकाबाट लालहरि पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे र आजीवन सदस्यमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?