+
+

कलाकार सधै सिकारु हुन्छन्, ‘महानायक–महानायिका’कोे बहस बेकार छः रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते ११:५९

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका हुन्, रेखा थापा । नेपाली चलचित्र क्षेत्रमा रेखालाई नायकको भन्दा पनि शक्तिशाली स्टारडम भएको कलाकारको रुपमा चिनिन्छ । उनै, रेखा थापा केही बर्षदेखि भने सुस्ताएकी छिन् । नयाँ चलचित्रको तयारीमा रहेकी रेखाले आउँदो बर्षको दशैंमा नयाँ चलचित्र दर्शकमाझ ल्याउने आशा व्यक्त गरिन् ।

नेपाली चलचित्रको पछिल्लो अवस्था हेर्दा रेखा सन्तुष्ट छैनन् । यो क्षेत्र विभिन्न खालका हल्लाले चलायमान भएको देखिएतापनि यसले कालान्तरमा असर गर्ने रेखाको भनाई छ ।

रेखा भन्छिन्–‘म दर्शकहरुको मतलाई सम्मान गर्छु । तर, एउटा कलाकार सधै नै सिकारु हुन्छ । हामी सबै एउटै हौं, किनकी हामीले नवरसमा काम गर्छौ । एउटा चलचित्रमा गरेको अभिनय अर्कोमा काम नलाग्न सक्छ ।’

रेखाले मान्छे नै बन्न नसेको अवस्थामा ‘महान्’ थप्नु बेकारको बहस भएको बताइन् । भनिन्–‘महान् पुष्टी गर्न हामीले यो जुनीमा सक्छौं जस्तो मलाई लाग्दैन । म दर्शकलाई पनि यो विवादमा कसैलाई गाली गरेर बस्न भन्दा यसलाई वेवास्ता गर्न आग्रह गर्दछु । म सधै नै एउटा राम्रो मानिस बन्ने प्रयासमा छु । असल मान्छे बन्न सकेँ भने मेरो लागि यो जुनीको सबैभन्दा ठूलो अवार्ड त्यही हुनेछ ।’

रेखाले भनिन्–‘मानिस कामले महान् हुने हो । ‘महानायक’हरु कुनै यूगमा जन्मिए होलान् । जस्तो पृथ्वीनारायण शाह, गौतम बुद्ध, भगवान् कृष्णलाई हामी महान् भन्न सक्छौं ।’

रेखाले अहिलेको समयमा कोही पनि मानिस महान् बन्न योग्य भैनसकेको पनि तर्क गरिन् । चाडै नै दर्शकमाझ फरक कथाको चलचित्र लिएर आउने तयारीमा रहेकी रेखाले मिडियाले आफूलाई यो समयमा विवादमा नतानेर सम्मान गरेको तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?