
नेपाली चलचित्रमा कुनै समय आफ्नो निर्देशनबाट चर्चा कमाएका निर्देशक दीपक श्रेष्ठ करिब ८ बर्षपछि पर्दामा फर्किएका छन् । उनले चलचित्र ‘घिन्ताङ’को छायांकनको काम सकेर बसेका छन् भने म्युजिक भिडियो निर्देशनलाई पनि अगाडि बढाइरहेका छन् ।
उनै, दिपकको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । किरण गजमेर र अस्मिता अधिकारीको स्वर, दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल रक्षा बुढाथोकीले रोमान्स गरेका छन् ।
राजाराम बुढाथोकीको लगानीमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4