+
+

बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

रासस रासस
२०७८ असोज २४ गते १४:४२
फाइल तस्वीर

२४ असोज, बर्दिया। गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

राजापुर नगरपालिका-१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?