+
+

विश्वासको मतमा मतदान नगरी बागमती प्रदेशसभा १२ दिन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:२९

२४ असोज, हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।

तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेश भएन । आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

मुख्यमन्त्री शाक्यले राजनीतिक कुरा नै गरिनन् । उनले दशैं, तिहार र चाडपर्वको विषयमा मात्र कुरा गरिन् । मुख्यमन्त्री शाक्यले समाजवादको यात्राको लागि राजनीतिक कुराहरुले मात्रै परिवर्तन नहुने भन्दै सांस्कृतिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले संविधान बचाउनुपर्ने अवस्था रहेको बताउँदै अल्पमतको सरकार तत्काल हट्नुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्ने रहर लागेको टिप्पणी गरे ।

नेकपा एमालेका मुख्यसचेतक दीपक निरौलाले गठबन्धनले अर्को सरकार बनाउन नसकेको आरोप लगाए । विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले राजनीतिक दलहरु सत्ताको चित्र फेर्न तयार भए पनि चरित्र फेर्न नसकेको बताए । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले संसदमा सरकार ‘मंगले आफ्नै ढंगले’ भन्दै व्यंग्य गरे ।

राप्रपाकी सांसद रिता माझीले प्रदेश सरकार र संघीयता खारेजी को माग गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?