+
+

ढुंगाको प्रेम कविता संग्रह लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १९:१०

२४ असोज, पाँचथर । पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित ढुंगाको प्रेमु कविता संग्रह लोकार्पण भएको छ । आइतबार पाँचथर सदरमुकाम फिदिममा एक कार्यक्रम आयोजना गरी संग्रह लोकार्पण गरिएको हो ।

बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् ।

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले लोकार्पण गरे। केन्जो खबरडटकमले अयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् ।

कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उप–प्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको बताए। हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्य लागि योगदानसहित कवितामार्फत महत्वपूर्ण विषय उठान गरिएको बताए ।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?