+
+

घर जाने भइगयो बेला… (फोटोफिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ असोज २५ गते ९:४०

२५ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं मनाउन पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा हो । शिक्षा, रोजगारी तथा व्यवसायिक कामले घर बाहिर रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन्छन् ।

दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड लागेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी क्षेत्रमा सोमबार बिहान स–साना बालबच्चासहित झोला बोकेका मानिसहरु आ–आफ्नो गन्तव्य जाने गाडीको खोजीमा देखिन्थे ।

दशैंमा परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र दशमीको दिन ठूलाबडाबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ ।

स्वदेश तथा विदेशमा रहेकाहरु घर फिर्तीले आफन्तजनको अनुहार मात्रै होइन गाउँघर नै उज्यालिन्छ । दशैं यस्तो पर्व हो देश–विदेश जहाँ भएपनि आफ्नै थातथलो फर्कन सबै नेपालीलाई उत्प्रेरित गराउँछ । कोरोना महामारीको जोखिमकै बीच पनि मानिसहरु काठमाडौं उपत्यका लगायतका सहरबाट घर फर्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?