+
+

यस वर्षको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:५९

२५ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमबार क्यानडा, अमेरिका र नेदरल्याण्ड्सका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

सोमबार गरिएको घोषणाअनुसार क्यानडाका डेभिड कार्डलाई आधा र अमेरिकाका जोशुआ डी एन्ग्रिस्ट र नेदरल्याण्ड्सका गुइडो डब्ल्यू इम्बेन्सलाई आधा गरी अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको हो ।

रोयल एकेडेमी अफ साइन्सका अनुसार डेभिड कार्डलाई उनले श्रम अर्थतन्त्रबारे गरेको अनुभवजन्य योगदानका लागि आधा र एन्ग्रिस्ट र इम्बेन्सलाई कारक सम्बन्धको विश्लेषणबारे गरेको विधिगत योगदानको लागि आधा नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

यससँगै यस वर्षको सबै विधाको नोबेल पुरस्कारको घोषणा भएको छ । प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार घोषणा गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?