+
+

यहाँ फल्छ संसारकै ठूलो मकैको घोँगा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १९:३१

२५ असोज, काठमाडौं। मेक्सिकोको नायारिट प्रान्तस्थित जाला सहर संसारमा सबैभन्दा ठूलो मकैको घोगा फलाउने सहर हो । त्यहाँ फल्ने मकै मेक्सिकोका अन्य ठाउँमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन ।

सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले फलाएको मकैको घोँगा ३९.५ सेन्टिमिटर थियो ।

No photo description available.

त्यो प्रतिस्पर्धामा दोश्रो हुने मकैको घोगा पनि ३९ सेन्टिमिटर थियो भने अन्य सहभागीहरुका मकैका घोगा पनि खासै साना थिएनन् ।

त्यसअघि सन् २०१६ मा स्थानीय किसानले ४५ सेन्टिमिटरको मकैको घोगा फलाएका थिए । सन् १९२४ मा त्यहाँ ६० सेन्टिमिटरको मकैको घोगा फलेको थियो । त्यस्तै मकैको बोट ६ मिटर अग्लोसम्म हुन्थ्यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?