+
+

अनौठा कानूनहरु : कहीँ मोटो हुनु अपराध त कहीँ बल्ब बदल्नु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १३:०८

२६ असोज, काठमाडौं । उसो त हरेक देशमा राज्य व्यवस्था सञ्चालनका लागि आ आफ्नै कानून तर्जुमा गरिएका हुन्छन् । अपराधलाई निरुत्साहित गर्न र अपराधीलाई दण्ड दिनका लागि कानूनहरु अत्यावश्यक हुन्छन् । तर कतिपय ठाउँमा यस्ता अनौठा कानून हुन्छन् जो कार्यान्वयन हुनै गाह्रो मात्र होइन सुन्दैमा आश्चर्य लाग्दा हुन्छन् । संसारका विभिन्न देशमा रहेका केही अनौठा कानून यस्ता छन्ः

  • आजकल मानिसहरुमा फिटनेसप्रति निकै धेरै जागरुकता छ । तर आफ्नो तन्दुरुस्ती तथा स्वास्थ्यका विषयमा सबै मानिस उत्तिकै सचेत हुन्छन् भन्ने हुँदैन । आफ्नो फिटनेसप्रति सचेत नहुने नागरिकहरुलाई कँस्नका लागि जापानले एउटा कडा कानून लागू लागेको छ । जस अनुसार मोटो हुनु जापानमा गैरकानूनी हुन्छ ।
    सन् २००९ मा लागू गरिएको उक्त कानून अनुसार त्यहाँ पुरुष तथा महिलाको कम्मरको अधिकतम आकार कति हुनुपर्दछ भन्ने कुरा कानूनले निर्धारण गरेको छ । जस अनुसार ४० वर्षभन्दा धेरै उमेरका पुरुषको कम्मर ३१ इन्च तथा महिलाको कम्मर ३५ इन्च भन्दा धेरै हुनु गैरकानूनी मानिन्छ ।
  •  सामान्य रुपमा हामी सबै जना आफ्नो घर तथा अफिसमा बिजुलीको बल्ब फ्युज जाँदा आफैले निकालेर नयाँ फेर्दछौँ वा कुनै काम गर्ने मानिसको सहायता लिन्छौँ । तर आफुखुसी यसरी विजुलीको बल्ब फेर्नु अष्ट्रेलियाको भिक्टोरियामा चाहीँ गैरकानूनी छ ।

bulb.jpg

  • भिक्टोरियामा बिजुलीका बल्ब फेर्ने काम जोकोहीले गर्न पाउँदैन, तालीमप्राप्त तथा लाइसेन्स प्राप्त इलेक्ट्रिसियनबाट गराउनु पर्दछ । यो कानूनको उल्लंघन गर्नेलाई १० डलरसम्म जरिवाना हुन सक्दछ।
  • गाडीमा यात्रा गरिरहँदा बीच बाटोमा इन्धन सकिएर अलिपत्र परेको अनुभव छ होला हामीमध्ये कसैलाई । यस्तो भयो भने निकै दुख पाइन्छ । तर जर्मनीमा त आफूले दुख पाउने मात्र होइन कानून बमोजिम सजायँ पनि भोग्नुपर्दछ । हो, यदि तपाइँ जर्मनीमा गाडी चलाउँदै हुनुहुन्छ भने बीच बाटोमा इन्धन सकिएर गाडी रोकिनु गैरकानूनी हुन्छ । बाटोमै गाडीमा इन्धन सकिएर गुडाउनका धकेल्ने काम गर्न त्यहाँ पाइँदैन । यसो गर्दा अन्य गाडीका चालकको ध्यान भड्किने र दुर्घटनाको जोखिम बढ्ने गर्दछ । त्यसैले जर्मनीमा बीच बाटोमै गाडीको तेल सकिएमा ७० युरोसम्म जरिवाना तिर्नुपर्ने नियम छ ।

petrol_pump.jpg

  •  भनिन्छ मृत्यु कहिल्यै पनि थाहा दिएर आउँदैन । मृत्युको कुनै निश्चित समय र स्थान पनि हुँदैन । तर तपाइँलाई यो थाहा पाउँदा आश्चर्य लाग्छ कि बेलायतमा चाहीँ मृत्युसँग सम्बन्धित निकै अनौठो कानून छ । जस अनुसार बेलायतको संसदमा कोही पनि मर्न पाउँदैन । बेलायतको संसदमा मर्नै नपाउने उक्त कानूनलाई सन् २००७ मा सबैभन्दा बेतुकको कानून घोषित गरिएको थियो ।1200px-flag_of_the_united_kingdom.png

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?